ऊर्जा

नेपाल–भारत ऊर्जा सचिव बैठक फागुन पहिलो साता, भारतमा हुने

इकागज |
माघ २०, २०७९ शुक्रबार १५:४५ बजे

फाइल तस्बिर

काठमाडौं । नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक आगामी फागुन पहिलो साता भारतमा हुने भएको छ ।

ऊर्जा सचिव दिनेशकुमार घिमिरेका अनुसार फागुन ४ र ५ गते हुने उक्त बैठकका प्रमुख एजेन्डाहरु सीमापार विद्युत् प्रसारण संरचनाहरुसँग बढी सम्बन्धित छन् । ‘विशेष गरेर सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण तथा सञ्चालनमा बैठक केन्द्रित हुनेछ,’ सचिव घिमिरेले शुक्रबार इकागजसँग भने ।


बैठकको नेतृत्व नेपालका ऊर्जा सचिव घिमिरे र भारतका विद्युत् सचिव आलोक कुमारले गर्नेछन् । बैठक भारतमा गर्ने तय भए पनि कुन शहरमा बस्ने भन्ने टुंगो लाग्न बाँकी रहेको सचिव घिमिरेले बताए ।

गत २७ डिसेम्बरमा नयाँ दिल्लामा भएको दुई देशका प्राविधिक सहसचिव स्तरीय बैठक ‘ज्वाइन्ट टेक्निकल टिम— जेटीटी) ले सचिव स्तरीय बैठक संयुक्त सञ्चालन समिति (जेएससी) का एजेन्डाहरु तय गरेको थियो । 

सहसचिव र सचिव स्तरीय बैठक कुसाहा–कटैया प्रसारण लाइन, रक्सौल–परवानीपुर, टनकपुर, ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन क्षमता, बुटबल–गोरखपुर प्रसारण लाइनमा केन्द्रित हुनेछ । 
 


Author

थप समाचार
x