ऊर्जा

एक सातासम्म बुटवल आसपासमा विद्युत् सेवा अवरुद्ध हुने

इकागज |
माघ २६, २०७९ बिहिवार ७:२४ बजे

फाइल तस्बिर

बुटवल - बुटवल आसपास क्षेत्रमा आजदेखि एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सूचनाअनुसार बिहीबारदेखि एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।


सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x