ऊर्जा

यी हुन् पीपीए हुने भाग्यमानी जलविद्युत् प्रवर्द्धकहरू

इकागज |
माघ २७, २०७९ शुक्रबार १५:२८ बजे

काठमाडौं- माओवादीको ऊर्जामन्त्रीत्वकालमा विगत चार वर्षदेखि नेपाल विद्युत् प्राधिकरणले स्वदेशका निजी लगानीलाई निषेध गरी विद्युत् खरिद सम्झौता (पीपीए) रोकेको थियो ।

उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले स्वदेशी लगानी खुलाउन रोकिएको उक्त पीपीए खुला गर्ने निर्णय गरेका छन् । हिजो बसेको प्राधिकरण सञ्चालक समितिका अनुसार ‘कनेक्सन एग्रिमेन्ट’ भइसकेका १५ सय मेगावाटसम्मका आयोजनाको पीपीए ‘पोस्टेड रेट’ (हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा) मा हुने भएकाे छ ।


प्राधिकरणले पहिलो कनेक्सन एग्रिमेन्ट भएका पहिलो पीपीए गर्ने गरी व्यवस्था मिलाएको छ । हालसम्म कनेक्सन एग्रिमेन्ट भएका आयोजनाको कूल संख्या १३६ र यीनका जडित क्षमता ३ हजार एक सय ९२ मेगावाट छन् ।


 


Author

थप समाचार
x