ऊर्जा

उदयपुर सिमेन्टको विद्युत् लाइन पुनः जडान गर्न ऊर्जा मन्त्रालयको पत्राचार (पत्रसहित)

उद्याेगकाे विद्युत् महसुल बक्यौता ४२ करोड ३३ लाख

इकागज |
जेठ ४, २०८० बिहीबार १७:३ बजे

काठमाडौं – ऊर्जा मन्त्रालयले उदयपुर सिमेन्ट उद्योगको काटिएको विद्युत् लाइन पुनः जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ ।

ऊर्जाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पत्र प्राप्त भएको भन्दै ‘आवश्यक कारबाही’ (विद्युत् लाइन पुनः जडान) का लागि पत्र पठाइएको भनेको छ ।
प्राधिकरणले गत वैशाख ३१ गते ११ बजेदेखि उदयपुर सिमेन्टको लाइन काटेको थियो । 


प्राधिकरणको उदयपुर वितरण केन्द्रले गत पुस ८ गते विद्युत् महसुलबापतको बक्यौता भुक्तानी गर्न उदयपुर सिमेन्ट उद्योगलाई पत्राचार गरेको थियो । उक्त पत्रमा त्यतिबेलासम्मको विद्युत् महसुल ४२ करोड ३३ लाख तीन हजार नौ सय दस रुपैयाँ रहेको जनाएको थियो ।

उदयपुर सिमेन्ट उद्योगले बिजुली बक्यौता तिर्न नसकेपछि प्राधिकरणले लाइन काटेको थियो । काटिएको लाइन पुनः जडान गर्न उदयपुर सिमेन्टले उद्योग मन्त्रालयलाई पत्राचार गरेको थियो । 

प्राधिकरण र उद्योगबीच डेडिकेटेड फिडरको महसुल २४ करोड ६९ लाख रुपैयाँलाई लिएर विवाद कायम छ । २०७५ सालमा लोडसेडिङ अन्त्य भइसकेपछि पनि डेडिकेटेडको दस्तुर उद्योगले तिर्नु परिरहेको उसको भनाइ छ । 


Author

थप समाचार
x