ऊर्जा

तामाकाेसी पाँचौं जलविद्युत् आयाेजनामा लगानी गर्न त्रिपक्षीय ऋण सम्झाैतामा हस्ताक्षर

इकागज |
जेठ ७, २०८० आइतबार १९:४२ बजे

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय काेष र तामाकाेसी जलविद्युत् कम्पनीबीच तामकाेसी पाँचौं जलविद्युत् आयाेजना (९९.८ मेगावाट) मा २१ अर्ब रुपैयाँ लगानी सम्बन्धी ​सम्झाैतामा हस्ताक्षर भएकाे छ । आज (आइतबार) काठमाडौँमा आयाेजित एक कार्यक्रमका बीच उक्त सम्झाैतामा हस्ताक्षर भएकाे हाे ।​

आयाेजनामा कर्मचारी संचय काेषले १४ अर्ब लगानी गर्ने काेषका जितेन्द्र धितालले जानकारी दिए । काेषले याेसहित नेपालकाे जलविद्युतमा ७२ अर्ब लगानी हुनेछ ।


यसअनुसार  ८ सय मेगावाटका आयाेजनामा काेषले लगानी गरी विद्युत् उत्पादनमा आइसकेका छन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले याे आयोजनामा लगानी सुनिश्चित भएकाले काेषलाई धन्यवाद दिए । उनले  चिलिमेमा काेष एक्लैले १६ अर्ब लगानी गरेकाे उल्लेख गर्दै चिलिमेकाे यात्राबाट माथिल्लो तामाकोसी हुँदै तामाकाेसी पाँचाैंमा आइपुगेकाे बताए ।

घिसिङले बिजुली खपत नहुने भन्ने जाेखिम नभएकाे पनि उल्लेख गरे । कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले याे आयाेजना निर्धारित समयमा पूरा हुने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x