ऊर्जा

कुलमानले दिए ठेक्का रद्द गर्ने चेतावनी

इकागज |
जेठ १४, २०८० आइतबार १४:५९ बजे

काठमाडौँ- विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन २०० केभी सबस्टेसनको निर्माण कार्य आगामी असार मसान्तभित्र पूरा नहुने देखेपछि ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् ।

गत फागुनको अन्तिम सातामा उक्त सबस्टेसन निर्माण कार्यको अनुगमन गरेका घिसिङले त्यसपछि पनि कुनै प्रगति नदेखिएपछि आक्रोशित भएका हुन् । त्यतिबेला ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सबस्टेसन निर्माण स्थलबाटै निर्माणको ठेक्का लिएका भारतीय कम्पनीहरू सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमका पदाधिकारीहरूलाई फोन गरी तोकिएको समयमा सम्पन्न नगरे जरिवाना तिराउने चेतावनी दिए ।


भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई छुट्टाछुट्टै फोन गरी आइतबार काठमाडौँ आएर संयुक्त बैठक गर्न निर्देशन दिए । अनुगमन भ्रमण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा जानकारी लिएका थिए । गत फागुनको अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका घिसिङ २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि आक्रोशित बने । त्यतिबेला ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सबस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता विपरीत निर्माण स्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोशित बनेका घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिए ।

‘सबस्टेसन निर्माणको अनुगमनमा नियमित रूपमा आइरहेको छु, विगत दुई महिनामा केही काम गरेनौँ, सबस्टेसनको निर्माण तत्काल सम्पन्न गरी पूर्व–पश्चिममा थप विद्युत् प्रवाहका लागि हामीलाई चाप छ, सबस्टेसन तत्काल सञ्चालन गर्न सकेनौँ भने दैनिक रूपमा ४००–५०० मेगावाट विद्युत् खेर जान्छ, यसको सबै क्षतिपूर्ति तिराउँछौं,’ उनले चेतावनी दिँदै भने, 'तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर, यदि काम गर्न सक्दैनौँ भने छोडेर जाऊ ।’ 

चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनाेमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का ताेडी बाँकी रहेको काम गर्न टेण्डरमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५ मा ठेक्का सम्झौता भएको थियो । 

यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सबस्टेसन निर्माण पनि राखिएको छ । कोभिड–१९को महामारीलगायतका कारणले प्रभावित भएपछि सबस्टेसनको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


Author

थप समाचार
x