ऊर्जा

दूधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीको आग्रह

इकागज |
जेठ २५, २०८० बिहीबार १९:२१ बजे

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको थियो । सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन् ।


उनले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरू आवश्यक रहेको उल्लेख गरे । उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको ठूलो सम्भावना रहेको उल्लेख गरे । 

उनले भने, ‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नुपरेको छ । त्यसैले हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ । हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौं । त्यसैले नेपालमा जलविद्युतको ठूलो सम्भावना छ ।’


Author

थप समाचार
x