विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो कालिकोट
फाइल फोटो
कालिकोट : कालिकोट बिद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छ । सोमबार राती विद्यूत सेवा नियमित भएपछि स्थानीय खुशी भएका छन् । तत्कालिन उर्जा मन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय गरेका थिए ।
दैलेखको दुल्लुबाट कालिकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालिकोट वितरण केन्द्रका प्रमुख मेखराज जैशीले बताए । कालिकोटदेखि जुम्लाका लागि राष्ट्रिय प्रशारण लाइन जोड्ने काम भइरहेको छ । कालिकोटमा विद्यूत पुगेपछि व्यापारी, उद्योगी र स्थानीय खुशी देखिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया