ऊर्जा

पाकिस्तानमा गर्मी समयमा विद्युत आपूर्तिमा अत्यधिक कमी

इकागज |
जेठ २८, २०७८ शुक्रबार ९:४६ बजे

सांकेतिक तस्बिर

लाहोर : पाकिस्तानमा गर्मी समयमा विद्युतको माग छ हजार मेगावाट पुगेको छ । गर्मी समयमा विद्युत सेवाको मागमा वृद्धि हुनु माग बमोजिम आपूर्तिमा गर्न नसक्दा यसले पाकिस्तानका खासगरी सहरी क्षेत्रका नागरिकलाई पीडा भएको बताइएको छ । विद्युत अभावका कारण पाकिस्तानी उद्योगहरू तथा कलकारखानाले समेत पूरा क्षमतामा सामान उत्पादन गर्न नसकेको बताइएको छ । 

टार्बेला बाँधमा बाढीले हिलो ल्याएको र बाँध मर्मत गर्नु परेकोले अनिश्चित कालका लागि विद्युत् उत्पादन अवरूद्ध बनेपछि व्यापक लोडसेडिङ हुन थालेको एआरवाई न्यूजले पाकिस्तानी अधिकारीलाई उद्धृत गरी लेखेको छ ।


पाकिस्तानको लाहोर इलेक्ट्रिक पावर सप्लाई कम्पनीमा विद्युतको माग पाँच हजार मेगावाट रहेको र हाल उत्पादित विद्युतले थप एक हजार मेगावाटको मागलाई सम्बोधन गर्न नसक्दा अभाव देखिएको हो । पाकिस्तानका कराँची लगायतका सहरमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुनेगरेको एआरवाई नूयूजले जनाएको छ । 

लकडाउन र लोडसेडिङका कारण पाकिस्तानी अधिकांश उद्योगहरूले दैनिक दुई घण्टामात्र सामान उत्पादन गर्ने गरेको कराँची इलेक्ट्रोनिक डिलर्स एसोसिएसनका अध्यक्ष रिजवान इरफानले बताए । (एएन्आई)
 


Author

थप समाचार
x