काठमाडौं-मर्स्याङ्दी २२० केभी प्रसारण लाइन
स्थानीयको विरोध मत्थर, ६ महिनामा पूरा हुने अनुमान
काठमाडौं - विगत लामो समयदेखि दुईवटा टावर गाड्न नपाएर अड्केको काठमाडौं-मर्स्याङ्दी २२० केभी प्रसारण लाइन आयोजनामा स्थानीयको विरोध मत्थर भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय वासिन्दाका निम्ति सडक निर्माणका लागि डेढ करोड रुपैयाँ दिने र टावरले ओगटेका जग्गाको मुआब्जामा १३ प्रतिशत थप रकम दिने भएपछि स्थानीय वासिन्दाको विरोध खुकुलो भएको हो ।
आयोजना प्रमुख तारा प्रधानका अनुसार अझै पनि केही व्यक्तिहरुको अवरोध कायम रहेको र त्यसलाई हल गर्न ऊर्जामन्त्रीदेखि प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुबीच कुराकानी भइरहेको छ ।
दुईवटा टावर गाड्न बाँकी रहेको धादिङको सिद्धलेक गाउँपालिकाका वडा नं. ७ का अध्यक्ष लक्ष्मण खतिवडाले पनि स्थानीय सडक निर्माणका लागि रकम दिने र मुआब्जा बढाउने सहमति भएपछि विगतको जस्तो उग्र विरोध नरहेको बताए ।
उनका अनुुसार अझै पनि केही व्यक्तिहरुले पैसा लिन रोकेका छन् । तर तिनीहरुको प्रयास सफल नहुनेमा वडाध्यक्ष खतिवडा ढुक्क छन् । ‘हामी निरन्तर प्रयासमा छौं, अब पाँच, ६ महिनाभित्र यो काम पूरा हुने देखिन्छ,’ खतिवडाले बुधबार टेलिफोनमा इकागजसँग भने ।
उनले पहिला मुआब्जा २० प्रतिशत मात्र थियो, अहिले थप १३ प्रतिशत दिने भनिएकोले चर्काे विरोध छैन । ‘अब पैसा लिने क्रम सुरु होला,’ उनले भने, ‘विरोध गर्नेहरुलाई जनताले पत्याएका छैनन् ।’
आयोजना प्रमुख तथा हाल आयोजना कार्यान्वयन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशकसमेत भएका प्रधानले भने ‘जनप्रतिनिधिहरुले हामीलाई काम सुरु गर्नाेस् भनिसक्नुभएको छ, अब अवरोध नहोला ।’
आयोजनाले टावर गाड्ने क्रममा बालीनाली नोक्सानी भए त्यसको पनि उचित क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको उल्लेख गर्दै प्रधानले प्रमुख जिल्ला अधिकारीलाई उद्धृत गर्दै भने, ‘सबै पक्ष एकपटक बसेर छलफल भएपछि समस्या नहोला ।’
मस्र्याङदी क्षेत्र (कोरिडर) का करिब ६ सय मेगावाट बिजुलीलाई काठमाडौं र भरतपुर हुँदै देशका विभिन्न भागमा आपूर्ति गरी प्रणाली बलियो र भरपर्दाे बनाउने उद्देश्यले यो आयोजना सुरु भएको थियो ।
कूल दुई सय ३१ वटा टावर २ सय २९ वटा ठड्याइसकेपछि धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ वुङचुङस्थित पिपलटारमा स्थानीयले दुई वर्षदेखि काम रोकेका हुन् । स्थानीय वासिन्दाको अवरोधका कारण यो आयोजना दुई वर्ष पर धकेलिएको छ । योजनाअनुसार कोभिड–१९ को प्रकोप सुरु हुनुअघि नै गत मंसिरमा यो आयोजना पूरा भइसक्नुपथ्र्याे ।
सिद्धलेकको पिपलटारमा पाँच सय घरधुरी छन् । यसअघि ६६ र १३२ केभीका दुई, दुईवटा प्रसारण लाइन छन्, त्यसमाथि यो २२० केभीको पनि थपिने भएपछि विरोध सुरु भयो ।
प्रसारण लाइनतर्पmको ठेक्काको सम्झौता सन् २०१६ को जूनमा भारतीय कम्पनी टाटा प्रोजेक्टसित भएको हो । प्रसारण लाइनको लागत दुई अर्ब २० करोड रुपैयाँ अनुमानित थियो । त्यसैगरी तनहुँको आँबुखैरेनीस्थिति मार्कीचोक र काठमाडौंको मातातीर्थमा निर्माण हुने ३२० एमभीएको सवस्टेशनको लागित दुई अर्ब १० करोड रुपैयाँमा चीनको सेनजेन फाराड इलेक्ट्रिकसँग सवस्टेशनको सम्झौता भएको थियो । चिनियाँ कम्पनीले काम गर्न नसकेपछि उसको ठेक्का तोडेर प्राधिकरणले नयाँ प्रतिस्पर्धा गराएको थियो ।
यो प्रसारण लाइन निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसीको बिजुली भरतपुर हुँदै अन्यत्र प्रवाह गर्न सकिंदैन । मस्र्याङ्दी कोरिडरमा निर्माण भइरहेका र विद्यमान आयोजना मार्कीचोकबाट काठमाडौं र भरतपुर प्रसारण गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया