ऊर्जा

सुन्‍नुहोस् मध्यभोटेकोसी जलविद्युत आयोजनामा २ करोड अफर गरिएको टेप (अडियोसहित)

इकागज |
मंसिर २४, २०७७ बुधवार १५:५८ बजे

काठमाडौं : चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी सिन्धुपाल्चोकमा निर्माणधीन मध्यभोटेकोसीले १०२ मेगावाटको आयोजना बनाउन थालेको १० वर्ष बितिसकेको छ । कहिले भूकम्प, कहिले नाकाबन्दी, कहिले ठेकेदारका ढिलासुस्तीलगायतका अनेकौं कारण देखाउँदै यसको निर्माण कार्य सात वर्षबितिसक्दा पनि सकिएको छैन ।

सन् २०१३ मा ठेक्का भई २०१६ मा पूरा गर्ने लक्ष्य रहेको मध्य भोटेकोसी कम्पनीमा सीइओ र आयोजना प्रमुखबीचको विवादका कारण काम अघि बढ्न सकेको छैन । स्थानीय राजनीतिक दलका नेताहरुको असहयोग, आयोजनाकै कर्मचारीहरुबीचको गुटबन्दी, व्यवस्थापनको अकर्मण्यता छँदैछ, त्यसमाथि ठेकेदारले अनेक बहानाले काम गर्न आलटाल गर्दै आएको छ । पछिल्लो पटक ठेकेदारका दोभाषेले कम्पनीका निवर्तमान सीइओ मणि काफ्लेलाई २ करोड रुपैयाँ अफर गरेको टेप सार्वजनिक भएको छ । उक्त टेप सार्वजनिक भएपछि सीइओ काफ्ले अघिल्लो साता राजीनामा दिएका थिए ।


र, यो पनि
- २ करोड ‘अफर’ गरेको टेप सार्वजनिकपछि मध्यभोटेकोसीका सीइओले दिए राजीनामा

इकागजलाई प्राप्त उक्त टेप यस्तो छ :

 


Author

थप समाचार
x