बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश दिने
काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ । सञ्चालक समितिले चुक्ता पुँजीको १५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो ।
२८ गते बस्ने २८औं साधारणसभाले यो प्रस्ताव अनुमोदन गर्नेछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २२ लाख ७० हजार रुपैयाँ पुग्नेछ ।
कोभिड-१९ का कारण कम्पनीका विकास तथा निर्माणका चरणमा रहेका आयोजनाहरु प्रभावित भएपनि विद्युत गृहहरु तथा वितरण व्यवसाय तुलनात्मकरुपमा कम प्रभावित भएको कम्पनीले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन आम्दानी १४.९८ प्रतिशत तथा लगानीबाट प्राप्त लाभांश आम्दानी २५ प्रतिशत बढेको छ । तर वित्तीय आम्दानीमा आएको गिरावट तथा काबेली ए जलविद्युत आयोजनाका लागि गरिएको सेयर लगानीमा नोक्सानी पर्यो । यो नोक्सानी व्यहोर्नुपर्दा खुद मुनाफामा गत आवको तुलनामा ३.८२ प्रतिशतले गिरावट आएको छ । कम्पनीको खुद मुनाफा ७३ करोड १२ लाख ८४ हजार ९२ रुपैयाँ छ भने प्रति सेयर आम्दानी २७ रुपैयाँ २५ पैसा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया