जलविद्युतका अभियन्ता बैरागी र भण्डारी सम्मानित
इप्पानकाे २० अौ वार्षिक साधारण सभा सम्पन्न
जलविद्युत अभियन्ता तथा जलवि्दयुत व्यवसायी भण्डारीलाई सम्मान गर्दै प्रधानमन्त्री देउवा
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आफ्नो २० अौ वार्षिक साधारण सभाको अवसरमा मुलुकको ऊर्जा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न अग्रज व्यक्तिहरुलाई सम्मान गरेको छ ।
इप्पानका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईंले आफ्नी छोरी श्रीनिका गुरागाईको स्मृतिमा स्थापना गरिएको ‘ऊर्जा ज्योति पुरस्कार’ हरिबैरागी दाहाललाई मरणोपरान्त प्रदान गरियो । संखुवासभामा पूर्व सांसद एवं नेपालमा निजी क्षेत्रलाई साना जलविद्युत्मा डोर्याएका बैरागीको स्वदेशी लगानी अभियानलाई कदर गर्दै इपानले उक्त पुरस्कार गरिएको हो । बैरागीले मुलुकमा जलविद्युत् विकासका लागि ३० वर्ष अनवरत संघर्ष गरेका थिए । दुई वर्षअघि उनको देहावसान भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार बैरागकी श्रीमती लक्ष्मी दाहाललाई नगद एक लाख रुपैयाँसहितको पुरस्कार प्रदान गरे । गुरागाईंले उक्त पुरस्कारका लागि १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।
यसैगरी प्रधानमन्त्री देउवाले २०५२ सालदेखि जलविद्युत् तथा ऊर्जा विकास र वातावरण संरक्षणमा अनवरत रुपमा लागेका साना जलविद्युत् विकास संघका कार्यवाहक अध्यक्षसमेत रहेका अग्रज ऊर्जा अभियन्ता कृष्णप्रसाद भण्डारीलाई सम्मानित गरे ।
स्वदेशी लगानीमा इन्द्रावती आयोजना निर्माणको नेतृत्व गरेका भण्डारी क्षेत्रको जलविद्युतकाे लाइसेन्स लिने पहिलो व्यक्ति समेत हुन् । भण्डारी नेपालमा पेशागत हकहितको लागि संगठित भएका संघसंस्थाहरुध्ये निजी लगानीकर्ताहरुको सबैभन्दा ठूलो लगानी रहेको साझा संस्था इप्पानको संस्थापक सदस्य भई देशलाई अँध्यारोबाट उज्यालोतर्फ डो¥याउने अभियानमा निरन्तर क्रियाशील रहनुभएको भन्दै सम्मान गरिएको हो ।
यसैगरी प्रधानमन्त्री देउवाले कार्यक्रममा इपानका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकार शमशेर राणालाई पनि सम्मान गरे । इपानका पूर्व अध्यक्षहरु डा. सन्दीप शाह, डा. सुवर्णदास श्रेष्ठ, खड्गबहादुर विष्ट र शैलेन्द्र गुरगाईंलाई पनि प्रधानमन्त्री देउवाले सम्मान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया