ऊर्जा

हिमालयन पावरले बोलायो साधारणसभा

इकागज |
पुस १३, २०७७ सोमबार ११:१९ बजे

काठमाडौं : हिमालयन पावर पार्टनर लिमिटेडको सञ्चालक समितिको ४२औं बैठकले वार्षिक साधारणसभा बोलाएको छ । यो आठौं साधारणसभा हो । पुस २९ गते बस्ने गरी बैठक बोलाइएको हो ।

कोभिड-१९बाट हुन सक्ने संक्रमण तथा सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी अपनाउनुपर्ने मापदण्ड अनुसार भर्चुअल विधिमार्फत साधारणसभा बस्न  लागेको कम्पनीले जानकारी दिएको छ । यो साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।



Author

थप समाचार
x