ऊर्जा

इन्जिनियरद्वयको निधनप्रति इप्पानको गहिरो दुःख

इकागज |
पुस १३, २०७८ मंगलबार १४:४३ बजे

फाइल फोटो

काठमाडौं - स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले सोलुखुम्बमा निर्माणाधीन सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजना परीक्षणको क्रममा पाइप विस्फोट भएर दुई इन्जिनियरहरुको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

इप्पानले आज शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा अछामका २६ वर्षीय इन्जिनियर सुवास रेग्मी र काभे्रका २९ वर्षीय इन्जिनियर अर्जुन थापाको निधनप्रति  श्रद्धाञ्जलि व्यक्त गरेको छ । इपानले दुर्घटनामा गम्भीर घाइते भएका आयोजना प्रमुख विराटनगरका मोहम्मद राइनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।


कार्यक्षेत्रमा खटिएको अवस्थामा भएको उक्त दुर्घटनामा परी दिवंगत भएका इन्जिनियरद्वयको परिवार रघाइतेको उपचारमा उचित क्षतिपूर्ति र सहयोग हुनेमा इप्पानले विश्वास रहेको जनाएको छ । 

अहिले देशभरका विभिन्न स्थानहरुमा सयौं जलविद्युत् परियोजनाहरु निर्माण भइरहेको र ऊर्जा उत्पादनको क्षेत्र अत्यन्त चुनौतीपूर्ण र जोखिमयुक्त क्षेत्र हो भन्दै इपपानले कार्य क्षेत्रमा यता दुःखदायी दुर्घटनाको उच्च जोखिम रहने भएकाले आवश्यक सुरक्षा र सतर्कताका उपायहरु कडाइका साथ पालना गर्न÷गराउन सम्बन्धित सबैको ध्यानकर्षण गराएको छ ।

मुलककै माटोमा आफ्नो श्रम र सीप अर्पण गरेर समृद्ध राष्ट्र निर्माणको अभियानमा जुटेका दिवंगत इन्जिनियरहरु रेग्मी र थापाको परिवारजनमा उचित क्षतिपूर्ति र घाइतको निःशुल्क उपचारको प्रबन्ध मिलाएर आर्थिक समृद्धिको अभियानमा योगदान गर्नेहरुप्रति राज्यले उचित सम्मान र कदर गर्न पनि इप्पानले सरकारसँग माग गरेको छ । इपानले आफ्नो शोक वक्तव्यमा उक्त दुर्घटनाको छानबिन र जाँचपड्तालका लागि केही कुरा उल्लेख गरेको छैन । 
 


Author

थप समाचार
x