ऊर्जा

कालीगण्डकी–रिडी प्रसारणलाईनको ठेक्का खुल्यो

इकागज |
पुस २५, २०७८ आइतवार १२:४८ बजे

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर अन्तर्गतको कालीगण्डकी–रिडी प्रसारणलाइन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । 

प्रसारण लाइन र सबस्टेशनको संयुक्त बोलपत्र आह्वान गर्दै प्राधिकरणको कालीगण्डकी रिडी १३२ केभी प्रसारणलाइन परियोजनाले प्राविधिक र वित्तीय प्रस्तावमा छुट्टाछुट्टै अर्थात् डबल इनभेलोप बिड खुलाएको हो । 


इच्छुक ठेकेदारले पछिल्लो दश वर्षभित्र यस्तो निर्माणमा कुनै तीन वर्षमा ३६ करोड रुपैयाँको कारोबार गरेको हुनुपर्नेछ । प्रसारणलाइनको लम्बाइ १८ सर्किट किमी हुनेछ । बोलपत्र पेश गर्नुपर्ने अवधि २४ माघसम्म राखिएको छ । 


Author

थप समाचार
x