ऊर्जा

विद्युत व्यापार गर्न निजी क्षेत्रलाई छिट्टै दिइने- ऊर्जामन्त्री

इकागज |
पुस २६, २०७८ सोमबार १३:३० बजे

काठमाडौँ- ऊर्जामन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि ऊर्जा व्यापार गर्न अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् । 

राजधानीमा आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपान, नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडले संयुक्त रुपमा आयोजना गरेको पावर मार्केट समिट २०२२ मा मन्त्री भुसालले यस्ते बताएकी हुन् । 


उनले दुई साताअघि सरकारी निकायलाई अन्तराष्ट्रिय विद्युत बजारमा अनुमति दिने निर्णय गरेको उल्लेख गर्दै निजी क्षेत्रका कम्पनीलाई पनि अनुमति दिने तयारी गरेको बताइन् ।

'हामी छिट्टै निजी क्षेत्रका सरोकारवालासँग वार्ता तथा छलफल गरी विद्युत अनुमति सम्बधी कार्यविधि तयार गर्दैछौं'. मन्त्री भुसालले भनिन्, .भारत र बंगलादेशका निजी क्षेत्रले पनि विद्युत व्यापारमा चासो देखाएका छन्, यो सकारात्मक पाटो हो ।'  


Author

थप समाचार
x