ऊर्जा

निगमले बढायो पेट्रोलिय पदार्थकाे मूल्य

इकागज |
माघ ५, २०७८ बुधबार २०:२३ बजे

काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेकाे हाे ।


अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

‘सो रकम मूल्य स्थिरीकरण कोषबाट व्यहोर्नुपर्ने बाध्यात्मक स्थिति समेत सिर्जना भएको छ । तसर्थ निगमले प्रचलनमा ल्याएको स्वतः मूल्य निर्धारण संरचनालाई क्रियाशिल बनाई सो अनुरुप मूल्य समायोजन गर्दै जानुपर्ने देखिएको हुँदा आज राति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मटि्लतेलको साबिकको बिक्रि मूल्यमवृद्धि गरिएको हो,’ निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

काेभिड महामारीबीच निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएकाे हाे ।


Author

थप समाचार
x