ऊर्जा

यी हुन् अबको पाँच महिनामा आउने जलविद्युत आयोजनाहरू

नियमन आयोग मृत प्राय: हुँदा प्रभावित हुन सक्‍छ

इकागज |
माघ ८, २०७८ शनिबार १३:५४ बजे

फाइल तस्‍बिर

काठमाडौं - गत वर्षदेखि खपत हुन नसकी वर्षायाममा बिजुली जगेडा हुँदै आएको छ । तर सरकारले जगेडा बिजुली खपत गराउने गृहकार्यसमेत गरेको छैन । गएको तीन महिनामा विद्युत् प्राधिकरण्ढाले ६ सय मेगावाटको तीन अर्ब रुपैयाँ बराबरको बिजुली खेर फाल्न बाध्य भयो । 

पछिल्लो तथ्यांकअनुसार १६४ वटा आयोजनाका एक हजार नौ सय ७ मेगावाट जडित क्षमता भइसकेको छ । त्यसैगरी एक सय ३८ वटा आयोजना, (जडित क्षमता ३५०६ मेगावाट) निर्माणाधीन छन् । अर्काे ९९ वटा आयोजनाको एक हजार ८य ५१ मेगावाटका आयोजना निर्माणका लागि तयारी अवस्थामा छन् ।


विद्युत विभागको तथ्यांकअनुसार दुई सय आठ वटा आयोजनाको १६ हजार ५ सय ७४ मेगावाटका आयोजनाका अध्ययन भइरहेका छन् । त्यसैगरी केवल निर्यातका लागि समर्पित दुई आयोजना (१५७९ मेगावाट) लाइनमा छन् । यी सबै गरेर कूल ६ सय ११ वटा आयोजनाका २५ हजार ४ सय १७ मेगावाटका आयोजना गतिशील अवस्थामा छन् ।

यी आयोजनामध्ये अधिकांशको कहिले के कहिले के अनुमति/स्वीकृति लिइरहनुपर्ने हुन्छ । पछिल्लोपटक विद्युत् नियमन आयोग स्थापना भई काम थालेपछि यो निकायकहाँ यी आयोजनाहरू विभिन्न पटक नआई सुखै छैन । यी आयोजनाको शेयर संरचना परिवर्तन भइरहन्छन् । कतिपयका व्यापारिक उत्पादन मिति तलमाथि गरिरहनुपर्छ । अझ अध्ययन सकेर पीपीएका लागि समेत आयोगले नै अनुमति दिनुपर्छ । 

गत पुस ८ गतेदेखि आयोग मृतप्रायः छ । आयोग छ, तर यसका पदाधिकारी छैनन् । विद्युत नियमन आयोग ऐन २०७४ ले आयोगबाहेक अरुले गर्न काम गर्न नसक्ने बन्दोबस्त गरिदिएको छ । आयोगका पदाधिकारी यतिखेर निलम्बनमा छन् । सरकारले आयोगका पदाधिकारीहरूको कार्य क्षमतामा सबाल उठाउँदै छानबिन समिति गठन गरेकाले उनीहरू स्वतः निलम्बनमा परेका हुन् । निलम्बित पदाधिकारीले काम गर्न पाउँदैनन् । अर्काे पदाधिकारी नियुक्त गर्न कम्तीमा पाँच महिना लाग्ने देखिन्छ । त्यही भएर यति धेरै जलविद्युत् आयोजनाको भविष्य पनि अन्धकारमा परेका छन् ।

प्राधिकरणका अनुसार अबको पाँच महिना (असार मसान्तसम्म) ३६ वटा जलविद्युत् आयोजनाका ४२१ मेगावाट विद्युत् प्रणालीमा थपिने सूची छ । यी आयोजनामध्ये अधिकांशको केही न केही अनुमति/सम्मति आयोगबाट पाउनुपर्नेछ । तर आयोग पदाधिकारीविहीन भएकाले यी आयोजनामध्ये अधिकांशको उत्पादन योजना प्रभावित हुनेछ । 

क्र.सं आयोजना जिल्ला क्षमता (मेगावाट)

तल्लो लिखु रामेछाप २८.१
 घट्टेखोला साना                    सिन्धुपाल्चोक   ०.९७
 माथिल्लो खिम्ती २                        रामेछाप 
इदी खोला                               कास्की ०.९७५
तल्लो तादी                             नुवाकोट  ४.९९३
साइती खोला                  कास्की    ०.९९९
माथिल्लो मैलुङ ए                रसुवा ६.४२
  माथिल्लो खिम्ती              रामेछाप     १२
  माथिल्लो साञ्जेन                 रसुवा  १४.८
१० साञ्जेन                              रसुवा ४२.५
११  गेलुन                              सिन्धुपाल्चोक  ३.२
१२ खानी खोला (दोलखा)        दोलखा  ३०
१३  सेलाङ खोला                            सिन्धुपाल्चोक ०.९९
१४ माथिल्लो दोर्दी ए                       लमजुङ   २५
१५ मध्य मोदी                                पर्वत   १५.१
१६ खोरुंगा खोला                            तेह्रथुम  ४.८
१७ न्यादी                                     लमजुङ   ३०
१८ सुरी खोला                              दोलखा  ६.४
१९  माथिल्लो सानीगाड                बझाङ  १०.७
२० कलांगागाड                          बझाङ   १५.५३
२१ माथिल्लो कलांगागाड       बझाङ  ३८.४६
२२ माथिल्लो पिलुवाखोला      संखुवासभा   ४.७२
२३ माथिल्लो स्यांगे खोला      लमजुङ   २.४
२४ माथिल्लो बलेफी ए       सिन्धुपाल्चोक  ३६
२५ रुकुमगाड       रुकुम  ५
२६ सेती खोला        पर्वत  ३.५
२७  जोगमाइ क्यासकेड       इलाम  ६
२८ पुवा–२       इलाम  ४.९६
२९ माथिल्लो फावा        ताप्लेजुङ  ५.८
३०  माथिल्लो लोहोरे       दैलेख  ४
३१  चेपेखोला सानो       लमजुङ  ८.६३
३२  सापसुप खोला सानो         खोटाङ ६.६
३३ काबेली बी क्यासकेड      पाँचथर   ९.९४
३४ खानी खोला १         दोलखा २५


 


Author

थप समाचार
x