ऊर्जा

मध्यमर्स्याङदी जलविद्युतको उत्पादन घट्यो

इकागज |
माघ १०, २०७८ सोमबार १८:५ बजे

लमजुङ- लमजुङस्थित ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । पानीको वहाव उच्च हुँदा ७२ मेगावाटसम्म विद्युत उत्पादन हुने केन्द्रबाट हाल औसतमा ३५ देखि ३८ मेगावाटसम्म विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताए । उनका अनुसार पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत मात्र उत्पादन भएको हो । 

गतबर्ष यस समय औसतमा ३५ देखि ३७ मेगावाटसम्म विद्युत उत्पादन हुने गरेकोमा यसबर्ष भने केही बढी हो । केन्द्रबाट माघ ७ गते शुक्रबार औसत उत्पादन ३५ दशमलव २४ मेगावाट रहेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत उत्पादन भएको मध्यमर्स्याङदी जलविद्युत केन्द्रले जनाएको छ । 


गतबर्ष तिर पुस महिनाको समय ३५ देखि ३७ मेगावाट मात्रै विद्युत उत्पादन हुन्थ्यो । यसबर्ष केही बढी उत्पादन भएको छ । पुस महिनामा कुल ३३ हजार २ सय २६ दशमलव ७ मेगावाट आवर विद्युत उत्पादन भएको देखिन्छ । यसबर्षको पुस महिनामा केन्द्र सञ्चालन देखिकै धेरै विद्युत उत्पादन भएको हो । उक्त महिना औसत उत्पादन ४६ मेगावाटसम्म थियो ।

केन्द्रका अनुसार साँझ र विहानको पीक आवरमा भने पूर्ण क्षमतामा ७० मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । हिउँदमा विहान ६ देखि १० बजे र साँझ ६ बजेदेखि १० बजेको बीचमा पूरा उत्पादन हुने गर्छ । पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत उत्पादन बढ्ने केन्द्रले जनाएको छ । उक्त परियोजनामा ३५/३५ मेगावाटको २ वटा फ्रान्सिस टर्बाइन छ ।
 


Author

थप समाचार
x