ऊर्जा

जलविद्युतमा १० अर्ब ८८ करोड लगानी

हाइड्रइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नवौं साधारण सभा

इकागज |
पुस २९, २०७७ बुधबार १९:४९ बजे

काठमाडौं : जलविद्युत् तथा लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले ४७६ मेगावाटका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको तथ्यांक आज बुधबार सार्वजनिक गरेको छ ।

कम्पनीको आज बुधबार सम्पन्‍न नवाैं वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष तथा ऊर्जा सचिव दिनेशकुमार घिमिरे र कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीइओ छविराज पोखरेलले संयुक्त रुपमा शेयरधनीसमक्ष पेश गरेको (भर्चुअल) विवरण अनुसार लगानी भएकामध्ये चारवटा आयोजना (९०.६ मेगावाट) सञ्चालनमा आइसकेका छन् ।
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार यही आर्थिक वर्षमा थप चारवटा आयोजना (१८२ मेगावाट) सम्पन्न भई बिजुली उत्पादन हुनेछन् भने अन्य पाँच वटा निर्माणको क्रममा रहेका छन् ।


कम्पनीले स्वपूँजी (इक्वीटी) तर्फ कूल १५४० मेगावाट क्षमताका पाँच वटा आयोजना र चारवटा सम्बन्धित क्षेत्रका कम्पनीहरुमा ९  अर्ब ४५ करोड रुपैयाँ लगानी गरिसकेको सीइओ पोखरेलले साधारण सभापछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कम्पनीले गरेको कूल लगानीमध्ये ऋणतर्फ ४ अर्ब ९८ करोड रुपैयाँ प्रवाह भइसकेको उनले बताए । कम्पनीबाट ऋण लगानी भएका आयोजनामध्ये सञ्चालनमा आएका आयोजनाहरुमा बागमती साना आयोजना (२० मेगावाट), काबेली बी (२५ मेगावाट०, तल्लो हवा (२१ मेगावाट) र सोलु खोला (२३.५ मेगावाट) छन् ।  
सीइओ पोखरेलका अनुसार यही आर्थिक वर्षमा आउने कूल १८२ मेगावाटका चार आयोजनाहरुमा मिस्त्री खोला (४२ मेगावाट), न्यादी (३० मेगावाट), दोर्दी (२८ मेगावाट), तल्लो सोलु ८२ मेगावाट) हुन् ।

यो कम्पनी नेपाल सरकारको लगानीमा  देशभित्र र बाहिर रहेको पुँजीलाई व्यवस्थित रुपमा संकलन गरी ऋण तथा स्वपुँजी लगानीमार्फ जलविद्युत् आयोजना र त्यससँग सम्बद्ध पूर्वाधार विकास गर्ने उद्देश्यले २०६८ सालमा स्थापना भएको हो । 

कम्पनीको अधिकृत पुँजी ५० अर्ब, जारी पुँजी २२ अर्ब र चुक्ता पुँजी साढे १६ अर्ब रुपैयाँ छ । कम्पनीमा ५० प्रतिशत स्वामित्व नेपाल सरकारको छ । यसमध्ये अर्थ मन्त्रालयको २०, ऊर्जा मन्त्रालयको १०, कानुन न्याय मन्त्रालयको १०, महालेखा नियन्त्रकको १० प्रतिशत शेयर छ । यसैगरी सार्वजनिक संस्थानहरु कर्मचारी सचय कोषको १०, नागरिक लगानी कोषको  १० र राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत शेयर लगाी छ । सर्वसाधारणको भने २० प्रतिशत शेयर छ ।

कम्पनीले अन्तर्राष्ट्रिय संस्थाहरुसँगको सहकार्यलाई उपयोग गरी आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न ठूला आयोजनाहरुको विकास कार्यलाई औपचारिक रुपमा अघि बढाएको साधाण सभामा जानकारी दिएको छ । 

यसअन्तर्गत कम्पनीले १५६ मेगावाटको माडी जलाशययुक्त र ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना विकास गर्ने कार्यलाई औपचारिक रुपमा सुरु गरिसकेको जानकारी दिएको छ । माडीमा अनुमति पत्र प्राप्त गरी सम्भाव्यता अध्ययन कार्यभ इरहेको छ भने तमोरमा पावर चाइनासँगको सहकार्यमा विकास गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । 

भारतको सरकारी स्वामित्वको एनएचपीसीसँग संयुक्त उपक्रममा ठूला आोजना विकास गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
 


Author

थप समाचार
x