ऊर्जा

विद्युत वितरणको सञ्‍जाल पुरानो छ : हितेन्द्रदेव शाक्य

इकागज |
फागुन २, २०७७ आइतबार १४:४ बजे

फाइल तस्बिर

काठमाडौँ  : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अर्पयाप्त रहेको बताएका छन् । विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति यथेष्ट भएपनि विद्युत प्रसारण र वितरणको सञ्‍जाल पर्याप्त नभएको बताएका हुन् ।

उनले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपुर्ण रहेको बताए । शाक्यले  बिद्युत्को माग तथा खपत बढाउनको लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिए ।  उनले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताए ।   विद्युत् प्रसारण तथा वितरण र खपत लगायत समग्र समस्या समाधानका निम्ति छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 



Author

थप समाचार
x