ऊर्जा

मागहरुकाे सम्बाेधन १५ दिनभित्र गर्न निगम सहमत

इकागज |
चैत १९, २०७८ शनिबार २१:४२ बजे

काठमाडाैँ – नेपाल आयल निगमले व्यवस्थापन र समन्वय समितिका पदाधिकारीले अघि सारेका मागहरुकाे १५ दिनभित्र सम्बाेधन गर्न सहमत भएकाे छ ।

शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले गत फागुन २३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरूबीच भएको वार्ता तथा छलफलमा मागहरुकाे १५ दिनभित्र सम्बाेधन गर्न सहमति भएकाे हाे ।


मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएकाे निगमले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।​


Author

थप समाचार
x