हाइड्रो एक्स्पो
रुख कहाँ रोपौं ? : जलविद्युत् प्रवर्द्धक
काठमाडौ : जलविद्युत् आयोजना निर्माण गर्दा प्रवद्र्धकले नै वृक्षरोपण गर्नुपर्ने प्रावधान छ । प्रवद्र्धकहरु वन विभागले भनेजति रुख रोपेर हुर्काउन पनि तयार छन् । तर उनीहरुले वृक्षरोपण गर्ने जमिन पाएका छैनन् ।
हिमालयन हाईड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी सानिमा हाइड्रोका प्रमुख डा. सुवर्णदास श्रेष्ठले भने, ‘आयोजना बनाउँदा वृक्षरोपण कहाँ गएर गर्ने जमिन नै पाएनौ । हामी विरुवा हुर्काउन तयार छौं । नेपालको नाँगा डाडा दिनुस् न हामी खुसीसाथ गर्न तयार छौं । तर हामी आयोजना स्थल नजिकै किन्दै जाने कुराको समिक्षा गरौं ।’
वातावरणीय व्यवस्थापनमा वृक्षरोपणका लागि क्षेत्र पहिचान र विस्तार गर्न सरकारी कार्याशैली गलत रहेको डा. श्रेष्ठको टिप्पणी थियो । डा.श्रेष्ठले वातावारणीय सामाजिक विषयबस्तुलाई हामीले प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नु परेको दृष्टान्त प्रस्तुत गर्नु गरे । ‘अव जलविद्युत्मा लगानी मात्र सोच्ने होइन, वातावरण समाजिक व्यवस्थापनमा सोच्नु पर्छ,’ डा. श्रेष्ठले भने, ‘जलवायु परिवर्तन, आयोजनाको दीगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतिपूर्ण हुने आकलन गरे । नेपालका अधिकांश जलविद्युत् आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नुपर्ने क्षेत्रमै धेरै हुने हुँदा विकास र वातावरणलाई सन्तुलित रुपमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।
डोल्मा इम्प्याक्ट फन्डका अधिकारी विद्यावारीधि सिग्देलले विदेशी लगानी ल्याउन विश्व प्रचलित मान्यता अनुसारका प्रतिवेदन खोज्ने बताउँदै पूर्वतयारीमा विशेष ध्यान दिन आग्रह गरे । कतिपय प्रवर्दक लाईसेन्समात्र बोकेर लगानी खोज्न आउँदा सफल नहुने गरेको उनको भनाई थियो ।
स्थानीय समुदायका समस्यालाई हेर्ने दृष्टिकोणमा पनि फरक बनाउन आवश्यक रहेको औल्याए । ‘हामी आयोजना बनाउन आफ्नै ढंगले शान्त रुपमा बसेका अरुको समाजमा छिर्दैछौं । अनि स्थानीयमाथि हामीले पनि त एक खाले हस्तक्षेप गर्दैछौं । खोलै घुमाउन खोज्छौं त्यसको असर उनीहरुले भोगेका समस्या सामान्य कुरा होइन भन्ने बुझौ,’ उनले भने । एनएमबी बैंकका सरद तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको अपेक्षा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया