उद्यम

औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन

इकागज |
जेठ १५, २०७९ आइतबार १६:५९ बजे

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । 


‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने । 

उनले वाइन उद्योग खोल्न प्रोत्साहितगरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने  र कपास खेतीलाई प्रोत्साहित गरिने समेत उनले बताए । 

कर्णालीका मार्सी चामल लगायतका उत्पादनको बजारीकरण गरिने गरिने उनले जनाए । 

चितवनको शक्तिखोर लगायतका क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने उनले बताए । 


Author

थप समाचार
x