उद्यम

नेपाल होटल अवार्ड २०२२ पुष ४ गते हुने

इकागज |
मंसिर १६, २०७९ शुक्रवार १७:१६ बजे

काठमाडौँ- नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते काठमाडौंमा हुने भएको छ ।

कोभिडका कारण नेपालको होटल उद्योगमा परेको नकारात्मक प्रभावलाई काम गर्नका लागि खुल्ला नोमिनेसन र गोप्य तथा आधुनिक मूल्याङ्कन प्रक्रियाबाट होटल अवार्ड आयोजना गर्न लागिएको आयोजक रेन्डरबुकिङले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।


अवार्डमा विभिन्न १५ विधा रहने आयोजक रेन्डरबुकिङका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिए । उनले अवार्डका क्रममा गरिने होटलको मूल्याङ्कन र जानकारी पनि गोप्य रहने बताए ।

पत्रकार सम्मेलनमा महानायक राजेश हमालले नेपालका होटलको गुणस्तरका बारेमा प्रश्न उठ्ने गरेकोमा यस अवार्डले होटलको वास्तविक मूल्याङ्कन हुने अपेक्षा राखे ।​

रेन्डरबुकिङले अवार्डको पारदर्शितामा कुनै प्रश्न उठ्न नदिने समेत जनाएको छ । 


Author

थप समाचार
x