उद्यम

ककपीटमा धुँवा देखिएपछि पोखरा उडेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता

इकागज |
असोज ११, २०७८ सोमबार १२:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँबाट पोखरा गइरहेको बुद्ध एयरको जहाजको ककपीटमा धुवा देखिएपछि सोमबार बिहान फर्केको छ । बिहान ७ : २७ मा उडान भएको जहाज १० माइल उडेपछि समस्‍या देखिएपछि विमान फर्काएको विमानस्थलको प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको हो । जहाजमा देखिएको समस्या समाधान गरी पुनः पोखरा गएको छ ।


'ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो’, शेर्पाले भने, ‘समस्या पहिचानपछि जहाज पुनः उडिसकेको छ ।'

आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो । बुद्ध एयरले पुनः सुरक्षित उडान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

 


Author

थप समाचार
x