उद्यम

आगलागीबाट प्लाई उद्योगमा पाँच करोडको क्षति

इकागज |
मंसिर ६, २०७८ सोमवार १५:६ बजे

फाइल फोटो

झापा - विर्तामोड नगरपालिका-२ मा रहेको कनकाई प्लाई उद्योगमा आगलागी हुँदा करिब पाँच करोडको क्षति भएको छ । आज बिहान विद्युत् सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा लिइएको थियो । 

बिर्तामोड, मेचीनगर, भद्रपुर, दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र मोरङको उर्लाबारीबाट आएका दमकल, प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।  


विर्तामोड–४ का विकास गोयल र दुर्गा भण्डारीले सञ्चालन गर्दै आएको उद्योगमा प्लाइका लागि चाइनाबाट आयात गरिएका महँगो कच्चापदार्थ रहेको थियो । आगलागी हुनुको कारण र यकिन क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रमुख आचार्यले बताए । रासस


Author

थप समाचार
x