उद्यम

प्रदेश सांसद उत्कृष्ट करदाताबाट सम्मानित

इकागज |
मंसिर ७, २०७८ मंगलबार २०:१७ बजे

फाइल फोटो

विराटनगर - प्रदेश १ का सांसद लिलम बस्नेत उत्कृष्ट करदाता घोषित भएका छन् । सांसद बस्नेतलाई आन्तरिक राजस्व कार्यालय इटहरीले कर सप्ताहको समापनका अवसरमा मंगलबार उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो ।

प्रदेश १ का मुख्यसचिव डा. रामप्रसाद घिमिरेले ट्रेडिङतर्फ सबैभन्दा बढी आयकर बुझाउने व्यवसायीका रुपमा सांसद बस्नेतलाई सम्मानपत्र प्रदान गरेका हुन् । बस्नेतले इटा उद्योग, पेट्रोल पम्प संचालन गर्दै आएका छन् । 


बस्नेत सुनसरीको क्षेत्र नं. ३ क मा नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुअघि इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष र नेपाल उद्योग बाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष समेत भएका थिए । उनले अहिले प्रभु वायर उद्योग संचालनको तयारी गरिरहेको बताएका छन् ।

सोही अवसरमा सुदर्शन सेक्यूरिटी सर्भिसेज प्रालि, धरान प्लाष्टिक र सपोर्ट लघुवित्त वित्तीय संस्थालाई विधागत रुपमा उत्कृष्ट करदाता घोषित गरिएको थियो । कर सप्ताहका अवसरमा आन्तरिक राजश्व कार्यालय इटहरीका नायव सुब्बा शोभित घिमिरेलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको प्रमुख कर अधिकृत शान्तिराम निरौलाले जानकारी दिए ।
 


Author

थप समाचार
x