उद्यम

सुपथ मूल्यमा ट्याक्सी सेवा

इकागज |
माघ ७, २०७८ शुक्रवार २२:१७ बजे

काठमाडौँ : सुपथ मुल्यमा ट्याक्सी सेवा सन्चालन गर्न ईक्यान नेपालले आफ्नो सेवा शुभारम्भ गरेको छ । बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा हामीले यो सेवा सुरु गरेका छो। यो नेपालकी पहिलो क्युआर कोडसहितको एप हो भने सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगद भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने व्यवस्था रहेको छ ।

यो एपका प्रयोगकर्ताले आफ्नै लागि मात्र नभई आफ्ना आफन्त तथा साथीभाइको लागि समेत सवारी बुकिङ्ग गर्न सक्ने व्यवस्था रहेको छ भने भविष्यका लागि समेत आफ्नो यात्राको तालिका निर्धारण गरेर क्याब बुकिङ्ग गर्न सक्नेछ । नेपालभित्र रहेका प्रयोगकर्ता मात्र नभई विदेशमा रहेका प्रयोगकताले समेत यो सेवा सहजरुपमा उपभोग गर्न सक्नेछन् यति मात्र नभई इन्टरनेटको पहुँच नभएको खण्डमा हाम्रो कल सेन्टरमा फोन गरेर समेत सेवाग्राहील यो सेवाको उपभोग गर्न सक्नेछन् । 


 


Author

थप समाचार
x