उद्यम

अख्तियारको भ्रष्टाचार मुद्दाविरुद्ध सिमेन्ट संघको आपत्ति

चुनढुंगा झिकेजतिको रोयल्टी दिएको दाबी

इकागज |
माघ १४, २०७८ शुक्रबार १८:११ बजे

फाइल फोटो

काठमाडौं : नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्ट उद्योगहरुले कूल तोकिएको परिमाणभन्दा  बढी उत्खनन नगरेको उल्लख गर्दै जुन बखत जे जति परिमाण उत्खनन गरेको सोही आधारमा तोकिए बमोजिम रोयल्टी बुझाउँदै आएको दाबी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माइनिङ स्किममा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का लागि तोकिएको वार्षिक स्वीकृत क्षमताभन्दा बढी चुनढुंगा उत्खनन/उत्पादन गर्ने सिमेन्‍ट कम्पनीहरुसँग सामान्य जरिवाना लिई ठूले परिमाणमा कम्पनीलाई फाइदा पुर्‍याएको दावी गर्दै यही माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


अख्तियारले विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित विभिन्न कर्मचारीलाई एक अर्ब २४ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेपछि संघले त्यसको प्रतिवाद गर्दै आज शुक्रबार विज्ञप्ति जारी गरेको हो ।


Author

थप समाचार
x