उद्यम

सेनेटरी प्याड निर्माण गर्छन जुम्लाका महिला

इकागज |
माघ २१, २०७८ शुक्रबार १६:२७ बजे

फाइल फोटो

खलंगा : जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरु सेनेटरी प्याड निर्माणमा जुटेका छन् । अधिकांश महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि आफ्नै गाउँबस्तीमा रहेको स्रोत साधनबाट आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेको स्थानीयवासी लक्ष्मी घर्तीले बताए । 

घरेलु तरिकाबाट सेनेटरी प्याड बनाउँदै आएका छौँ । बजारदेखि खरिद गरेर लिएको प्याडभन्दा पनि गाउँमै आफैँले बनाएको प्याड प्रभावकारी भएको स्थानीय महिला बताउँछन् ।


“पहिले प्याडको प्रयोग गर्नेबारे जानकारी नहुँदा महिनावारी हँुदा समस्या हुने गरेको थियो । अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौँ”, स्थानीयवासी जमुना चौलागाईंले भने, “प्याड किन्नु पर्दैन, बरु कहीँकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्नेसम्मको काम भएको छ ।” 

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित खानेपानी सरसरफाइ स्वच्छता उत्थानशील परियोजनाअन्तर्गत दुईदिने प्याड बनाउने तालिम लिएपछि सिँजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउनु नपरेको सिञ्जाका महिला बताउँछन् । समुदायमा रहेका महिलामा आफ्नै घरमा सियोले बुनेर सेनेटरी प्याड बनाउन सक्ने सीपमूलक तालिम दिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए । रासस 
 


Author

थप समाचार
x