उद्यम

वर्षातले तीन करोड रुपैयाँ बराबरको इँटामा क्षति

इकागज |
माघ २१, २०७८ शुक्रवार १८:२५ बजे

फाइल फोटो

तुल्सीपुर : पटक–पटकको बर्सातले गर्दा दाङमा करोडौँको इँटामा क्षति भएको छ । दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो । 

“समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले  हाम्रो इँटामा निकै क्षति पु¥यायो,” उनले भने, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट हुने गरेको उनको भनाइ छ ।


यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उनको भनाइ छ । जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन् । यस  वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग  बन्द हुने अवस्था आएको समेत उनको भनाइ छ । 

यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो । १ नं इँटाको प्रतिइँटा रु १६, २ नं इँटाको रु १२ र ३  नं इँटाको रु १० तोकिएको थियो । प्रत्येक इँटामा एक वृद्धि गरिएको छ । राज्यले बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए । रासस 


Author

थप समाचार
x