उद्यम

नेपालमै हिरा परीक्षण गर्ने प्रयोगशाला स्थापना हुँदै

इकागज |
माघ १४, २०७७ बुधबार १७:१९ बजे

काठमाडौँ :  नेपाल रत्न तथा आभुषण संघले हिरा परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएकोले हिरा परीक्षणका लागि विदेश पठाउनुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गरी संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले अबको तीन महिना भित्र जेम्स ल्याब स्थापना गरेर सञ्‍चालनमा ल्याउने बताइन् ।

अहिले नेपालमा डायमण्ड परीक्षण गर्ने ल्याब नहुँदा त्यसको गुणस्तर पहिचानमा समस्या हुँदै आएको छ । त्यसैले संघले आफ्नै लगानीमा परीक्षण मेसिन खरिद गरी ल्याब स्थापना गर्न लागेको अध्यक्ष श्रेष्ठको भनाइ छ । प्रयोगशाला स्थापना भएपछि नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापारघाटा कम गर्न योगदान पुर्‍याउने विश्‍वास संघले लिएको छ ।


यसबाहेक डायमण्डका गरगहना निर्माणका लागि तालिम सेन्टर पनि सञ्चालन गर्ने भएको छ । यस्तै संघले जेम्स एण्ड ज्वेलरी क्षेत्रलाई निर्यातमुलक उद्योगका रुपमा विकास गर्न र सोही अनुसार मान्यता तथा सुविधाका लागि नीतिगत व्यवस्था निर्माण गर्न सरकार र व्यवसायीबीच सहजीकरण गर्ने भएको छ ।


Author

थप समाचार
x