वातावरण

हल्का वर्षाले पनि हटेन वायु प्रदूषण

इकागज |
चैत १८, २०७७ बुधबार ८:१३ बजे

काठमाडौँ : बुधबार काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाको मौसम केही बदली हुने भएको छ । पहाडी जिल्लामा हल्का वर्षा समेत भएको छ । मकवानपुर लगायतका जिल्लामा हल्का वर्षा समेत भएको स्थानीयले बताएका छन् । 

यसअघि हिजो ताप्लेजुङ, संखुवासभा, मुस्ताङ लगायतका जिल्लामा पनि हल्का पानी परेको थियो । तर यो पानीले काठमाडौँ उपत्यका लगायतका ठाउँमा बढेको वायु प्रदूषण हटाउन नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार बिहीबारसम्म वायु प्रदूषण हटाउन सक्ने मौसमी प्रणाली सक्रिय नहुने भएकाले अहिलेको तुवाँलो हट्ने देखिदैन् । काठमाडौँ उपत्यका लगायतका जिल्लामा  देखिएको बाक्लो तुवाँलोसहितको प्रदूषण हटाउन बलियो मौसमी प्रणाली विकास हुनुपर्ने भएकाले अझै केही दिन प्रदूषण कायमै रहने मौसमविद मानन्धरले बताइन् ।

वायु प्रदूषणका कारण नागरिकको जनजीवन प्रभावित भएको छ । देशभरका विद्यालय चार दिनसम्म बन्द गर्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । तर केही पालिकामा प्रदूषणको असर नदेखिएकाले विद्यालय सञ्चालन भइरहेका छन् । 


Author

थप समाचार
x