वातावरण

आज प्रदेश १ र मधेश प्रदेशमा भारी वर्षा हुने

इकागज |
जेठ ३१, २०७९ मंगलबार ६:३४ बजे

फाइल फोटो

काठमाडौँ - प्रदेश १ तथा मधेश प्रदेशको एक दुई स्थानमा आज भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

प्रदेश १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । 


अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व/पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली  भइ बाँकी भागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ । 

प्रदेश १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध छ।

 


Author

थप समाचार
x