वातावरण

आज चुरे दिवस : एकैदिन एक लाख बोटबिरुवा रोपिँदै

इकागज |
असार २, २०७९ बिहीबार ६:५१ बजे

फाइल फोटो

काठमाडौं - आज आठौं चुरे दिवस । नेपालमा चुरे संरक्षणका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति छ । जस अन्तर्गत चुरे संरक्षणका कार्यक्रम हुन्छन् ।

दिवसका अवसरमा आज समितिले रुख र फलफूल प्रजातिका कम्तीमा एक लाख बोटबिरुवा रोप्ने भएको छ । असार महिना वृक्षरोपण महिनाको रुपमा मनाउँदै महिनाभर कम्तीमा पाँच लाख वृक्षारोपणको लक्ष्य लिइएको चुरे संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।


उनका आगामी पाँच वर्षमा कम्तिमा एक करोड बाँस, अम्रिसोजस्ता प्रजाति र एक करोड रुख, फलफूल प्रजाति रोप्ने लक्ष्य छ । 


Author

थप समाचार
x