वातावरण

कस्तो रहला आउँदो साताको मौसम ?

इकागज |
असार ४, २०७९ शनिबार २०:३७ बजे

काठमाडौँ - साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावाना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
 
विभागका अनुसार पहाडी भू-भागमा साताको सुरुआतमा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको र साताको मध्य तथा अन्त्यमा प्रदेश नं १, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेगगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको छ । 

तराई भू-भागमा साताको सुरुआतमा प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । 


उच्च पहाडी तथा हिमाली भू-भाग साताको सुरुआतमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।


Author

थप समाचार
x