वातावरण

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउन ६० महिला शेफोक्सुण्डो जाने

इकागज |
असार २२, २०७९ बुधबार २२:७ बजे

काठमाडौँ - जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फोक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन् ।

आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दुर्गम भेगको पदयात्रा हुने भएको हो । साथसाथै फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो । 


फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पुर्‍याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने विश्वास राखे ।  

मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गरेका थिए । ।


Author

थप समाचार
x