वातावरण

डढेलो नियन्‍त्रण गर्न हवाईजहाज र हेलिकप्टर प्रयोग गर्न निर्देशन

इकागज |
चैत २४, २०७७ मगलवार १६:११ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  हाल देशमा उच्च वायु प्रदुषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । रक्षामन्त्री समेत रहेका ओलीले बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा माठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने बताए ।

‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीको भनाई थियो ।


यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न पनि उनले निर्देशन दिए ।  यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो । 

अहिलको आगलागीलाई गम्भिरता पुर्वक लिँदै आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने बताए । अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भएको उनलेले यो स्वाभाविक नदेखिने समेत बताए । ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र ?’, प्रधानमन्त्रीको प्रश्न थियो । 

आगलागीको परिणाम स्वरुप उत्पन वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताए । ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, प्रधानमन्त्रीले भने ।

रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विकास आयोजनाहरुमा सामान्यबाहेकका कुनै उल्लेखनीय समस्या नदेखिनु सुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोशाक, विस्कुट खाद्य पदार्थ आफै उत्पादन गर्ने अग्रसरता लिनु सह्रानीय भएको धारणा समेत राखे । आफै उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोशाक र विद्यालयका पोशाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्न सकिने स्थिति बन्ने धारणा उनको थियो । तर त्यसरी तयार हुने पोशाक सितै होइन, परल मुल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइने हुनेपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।


Author

थप समाचार
x