वातावरण

मौसम विश्लेषण

तराई र पहाडका भू-भागहरू तुवाँलोले ढाक्यो !

इकागज |
चैत २६, २०७७ बिहीबार ६:२७ बजे

काठमाडौँ : अगामी २४ घण्टा मुलुकको तराई र पहाडी भू-भागका केही स्थानमा तुवाँलो कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तुवाँलोका साथै पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र  प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङको सम्भावना रहेकोसमेत महाशाखाले जनाएको हो ।

महाशाखाले आफ्नो बुलेटिनमा भनेको छ,'हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापिय प्रणालीकोसमेत प्रभाव रहेको छ ।'


आगामी ३ दिनको मौसम पूर्वानुमान

चैत्र २६ गते (बिहिबार)

दिउँसो :   देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २७ गते (शुक्रबार)

दिउँसो :   देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

चैत्र २८ गते (शनिबार)

दिउँसो :   देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ । प्रदेश १ का पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।  प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 


Author

थप समाचार
x