वातावरण

लगातारको वर्षाले पोखराका घरहरू डुबानमा

इकागज |
साउन १६, २०७९ सोमवार १४:३३ बजे

कास्की - लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुबानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो ।
    
काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । बस्ती डुबानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उनले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताए । 

कमलपोखरी क्षेत्रमा बर्सेनि बाढीको समस्या हुने गरेको बताउँदै उनले यसको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने देखिएको बताए । रासस



Author

थप समाचार
x