वातावरण

बाढीपहिरोले सडक बगाउँदा बेंसीशहर-चामे सडक अवरुद्ध

इकागज |
साउन १६, २०७९ सोमबार १५:३० बजे

लमजुङ- आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसीशहर-चामे सडक अवरुद्ध भएको छ ।

डुम्रे-बेंसीशहर-चामे सडक योजनाका सब इन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हाे । 


पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार  कोतोमा २० मिटर जति सडक बगाएकाे छ । बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीशहर-चामे सडक अवरुद्ध भएको हो ।


Author

थप समाचार
x