वातावरण

युवा संघले उठायो काठमाडौँको फोहर

इकागज |
साउन ३०, २०७९ सोमबार १५:२३ बजे

काठमाडौँ - नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका विभिन्न स्थानमा फोहर संकलन गरेको छ । लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।

फोहोरले दुर्गन्ध बढेको र विभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्य सुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । फोहर संकलन उपत्यकाका विभिन्न स्थानमा निरन्तर चल्ने र फोहर बिसर्जन गर्ने स्थलसम्म पुराईने उनले बताए । उनले फोहर बिसर्जनका बिषयमा यसअघि पनि विवाद भएपनि यसपटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताए । 


सत्तारुढ दलहरुले नै फोहर बिसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सवै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाई छ ।  


Author

थप समाचार
x