वातावरण

सल्यानबाट पाटेबाघ  नियन्त्रणमा

इकागज |
भदौ १, २०७९ बुधबार १४:२८ बजे

फाइल फोटो

सुर्खेत - सल्यानबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ । सल्यानको कालीमाटी गाउँपालिका–७ बाट बाघ नियन्त्रणमा लिइएको हो । 

प्रहरी, नेपाली सेना र डिभिजन वन कार्यालयको टोलीले बुधबार बिहान उक्त पाटेबाघ नियन्त्रणमा लिएको हो । पाटे बाघले कालीमाटी–७ बाटुले गाउँका तुल्सी कुमारी घर्तीको गोठमा बाँधेका गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


 बिहान  साढे ६ बजेतिर उक्त बाघले गोठमा बाँधेका दुइटा गोरु मारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  घर्तीका तीन वटा गोरुमध्ये बाघको आक्रमणबाट एउटा गोरु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए । 

बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ देवीदत्त गणको नेपाली सेना र प्राविधिकको टोली पनि सल्यान पुगेको थियो । गोठदेखि दुई सय मिटर पश्चिममा रहेको बाँसघारीमा बसिरहेको बेला बाघ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x