वातावरण

मकवानपुर आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

इकागज |
भदौ २, २०७९ बिहीबार १९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- मकवानपुर आसपास भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ ।


भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


Author

थप समाचार
x