वातावरण

यस्तो छ आजको मौसम

इकागज |
भदौ १६, २०७९ बिहीबार ६:४५ बजे

फाइल फोटो

काठमाडौँ - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ । 

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 


आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 


 


Author

थप समाचार
x