वातावरण

बास खोज्दै दार्चुलाका बाढीपीडित

इकागज |
भदौ २५, २०७९ शनिबार १९:३ बजे

दार्चुला- भदाै २४ गते राति आएको अविरल वर्षाका कारण अहिले दार्चुलाका बाढी पीडितहरू घरबारविहीन भएका छन् । उनीहरू अहिले नेपाल रेडक्रस सोसाइटी र जिल्ला समन्वय समितिको भवनमा बास बस्‍ने तरखरमा छन् । 

बाढीले घर बगाएपछि पीडितहरूलाई हातमुख जाेड्न समेत गाह्राे परेकाे छ । उनीहरूसित खानेकुरा नभएकाले महाकाली नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा दाल, चामल र नुन वितरण गरिएको छ ।


शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै ७ जना बेपत्ता छन् । पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

 


Author

थप समाचार
x