वातावरण

मौसम विश्लेषण

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

इकागज |
बैशाख १२, २०७८ आइतवार ६:५९ बजे

काठमाडौँ : हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहको छ । मुलुकको पहाडी भू-भागमा आंशिक र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाले आफ्नो बुलेटिनमा भनेको छ,'प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ। साँझपख सतर्कता अपनाउँनु होला ।'


तीन दिनको मौसम पूर्वानुमान  

 २०७८ बैशाख १२ गते (आइतबार) 

बिहान :  देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ।प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ बैशाख १३ गते (सोमबार) 

बिहान :  प्रदेश १ र बाग्मति प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

राति :   प्रदेश १, प्रदेश २ र बाग्मति प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

 २०७८ बैशाख १४ गते (मंगलबार) 

बिहान :  देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :   देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


Author

थप समाचार
x