वातावरण

वातावरण प्रतिवेदन स्व:अनुगमनको स्वागत

इकागज |
चैत ९, २०७९ बिहीबार १९:१८ बजे

काठमाडौँ- उद्योग, प्रतिष्ठान एवं आयोजनाहरूले वातावरणीय अध्ययन प्रतिवेदनको स्वःअनुगमन पेस गर्ने वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले परिपत्रलाई वातावरणवादी संस्थाहरूले स्वागत गरेका छन् ।

विभागले यही चैत ५ गते प्रचलित कानुन बमोजिम वातावरणीय मापदण्ड पालना गर्ने तथा प्रस्तावकले प्रस्तावकको निर्माण तथा सञ्चालन चरणमा वातावरणीय प्रभावको स्वःअनुगमन गरी साेको प्रतिवेदन छ/छ महिनामा पेस गर्न परिपत्र गरेको थियो ।


वातावरण संरक्षण ऐन, २०७६, नियमावली २०७७ बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरे पनि त्यसको परिपालना र कार्यान्वयनमा प्रस्तावकको भूमिका फितलो भएको र नियामक निकायले पनि आँखा चिम्लिने गर्नाले उक्त अध्ययनको औचित्यमाथि प्रश्न उठ्दै आएको थियो ।

नेपाल वातावरण समाज, वातावरण इन्जिनियर समाज र नेपाल प्रभाव मूल्यांकन संघले हिजो संयुक्त पत्रकार सम्मेलन गरी वातावरण विभागको उक्त निर्णयको स्वागत गरेको हो ।

समाजका अध्यक्ष अनिल केसी, इन्जिनियर समाजका महासचिव विजय केसी र संघका अध्यक्ष मिलन दाहालले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा विभागको यो अभियानमा आफूहरूको सदा सहयोग रहने प्रतिबद्धता जनाइएको छ ।

 


Author

थप समाचार
x